नागरिक लगानी कोषले ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कोषले लाभांश पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको हो ।
कोषले साधारणसभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि कोषले पुस २२ गते बुक क्लोज मिति तोकेको छ । पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । सभाबाट पारित भएपछि सेयरधनीमा लाभांश वितरण हुनेछ ।









