Thursday, May 7, 2026
spot_img
spot_img

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बैंकको १८ औ वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।

उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा
व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको
रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...
spot_img