Tuesday, July 15, 2025

सिद्धार्थ बैंकले असार २९ गतेबाट ऋणपत्र निष्काशन गर्ने, कति दिन्छ ब्याज ?

spot_img
spot_img

सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो।

जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलिई छुट्याईएको मध्येबाट ५० हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम निष्काशन गरिएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने छन् । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img