Friday, April 10, 2026
spot_img
spot_img

निफ्राको ग्रीन इनर्जी बोन्ड बाँडफाँड

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) ले निष्काशन गरेको निफ्रा ग्रीन इनर्जी बोन्ड बाँडफाँड भएको छ ।निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज सो ऋणपत्र बाँडफाँड गरेको हो।

रु.५ अर्व रकम बराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनक रुपमा ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ । यसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गरेको बैंकले उल्लेख गरेको छ। कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याईएकोमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता देखिएको बैंकले जनाएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु निकै गर्वको कुरा भएको बताए । उनले भने ‘यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।’

७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...
spot_img