spot_img

निफ्राको ऋणपत्रमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ। म्याद थप भएसंगै अब बैंकको ऋणपत्रमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने छ। १ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँडफाँड गरिएको छ। बाँकि रहेको १९ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख ३० गते  बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। यो ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र हो । यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ। ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...