Thursday, July 16, 2026
spot_img

आरती पावर कम्पनीको साधारणसभा आह्वान, आईपीओ निष्काशन गर्ने प्रस्ताव

spot_img

आरती पावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ३२ गते शुक्रबार टोखाको पारिजात पार्टी प्यालेसमा आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको हो।

सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्न , आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले भोजपुरमा १४.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीको संचालकहरुमा भरत बहादुर खत्री, प्रकाश चन्द्र दुलाल, विरेन्द्र बहादुर न्यौपाने लगायत रहेका छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा आ.व. २०८०|०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्वन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८० २०८१ माथी छलफलगरी स्वीकृत गर्ने सम्वन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ. व. २०८१ २०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।

४. सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने र सोबाट प्राप्तहुने रकमको उपयोग सम्बन्धमा ।

विशेष प्रस्ताबहरु
१. कम्पनीको शेयर पुँजीको समुहगत वर्गीकरण संसोधनगर्न कम्पनीको प्रवन्धपत्रको दफा ६ को उपदफा घ संसोधन गर्ने सम्वन्धमा ।

२. कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने  सम्वन्धमा ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img