आरती पावर कम्पनीको साधारणसभा आह्वान, आईपीओ निष्काशन गर्ने प्रस्ताव

spot_img

आरती पावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ३२ गते शुक्रबार टोखाको पारिजात पार्टी प्यालेसमा आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको हो।

सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्न , आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले भोजपुरमा १४.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीको संचालकहरुमा भरत बहादुर खत्री, प्रकाश चन्द्र दुलाल, विरेन्द्र बहादुर न्यौपाने लगायत रहेका छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा आ.व. २०८०|०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्वन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८० २०८१ माथी छलफलगरी स्वीकृत गर्ने सम्वन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ. व. २०८१ २०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।

४. सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने र सोबाट प्राप्तहुने रकमको उपयोग सम्बन्धमा ।

विशेष प्रस्ताबहरु
१. कम्पनीको शेयर पुँजीको समुहगत वर्गीकरण संसोधनगर्न कम्पनीको प्रवन्धपत्रको दफा ६ को उपदफा घ संसोधन गर्ने सम्वन्धमा ।

२. कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने  सम्वन्धमा ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...