नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ३ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो।
कम्पनीले साधारणसभामा प्रति शेयर २० रुपैयाँ प्रिमियम थपेर नयाँ संस्थापकलाई कम्पनीको शेयर बिक्री गर्ने, ३० प्रतिशत आईपीओ निष्काशन गर्ने, सहायक कम्पनीमा गरिएको लगानी अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
यो कम्पनी बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने, विभिन्न व्यवसायलाई परामर्श सेवा दिने उदेश्यले स्थापना भएको हो । यस कम्पनीको अध्यक्ष देवेन्द्र प्रताप सिंह हुन् भने अन्य संचालकमा अजय कुमार मिश्र, गणेश प्रसाद लाठ, र शिवराज दवाडी छन् । रमेश कुमार भट्टराई कम्पनीक प्रबन्ध संचालक हुन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. लेखा परिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा पंजीमा परिवर्तन सम्बन्धी विवरण पारित गर्ने । (खुद मुनाफा वितरण नगरी जगेडा कोषमा राख्ने ।
२. आ.व. २०८२ / ८३ को लेखा परिक्षणका लागि लेखा परिक्षकको नियुक्ती गर्ने बारे ।
३. सञ्चालक नियुक्ति र पब्लिक लिमिटेड भए पश्चात बाँकी अवधिका लागि सञ्चालक समिति अनुमोदन गर्ने बारे ।
४. सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने बारे ।
५. कम्पनीले सहायक कम्पनी एग्रो डेभलेपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी अनुमोदन गर्ने बारे ।
६. वृद्धि भएको जारी पूँजी अन्तर्गत नयाँ संस्थापक शेयरधनीलाई थप रू.२०/- प्रिमियम लिई बिक्री गर्ने बारे (कम्पनी लगातार तीन वर्ष खुद मुनाफामा भई नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको ।
७. सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
८. साधारण सभाको निर्णय पुस्तिकामा दस्तखत गर्न शेयरधनीको तर्फबाट १ जना प्रतिनिधि मनोनयन गर्ने बारे ।









