Sunday, June 28, 2026
spot_img

एक्सेल डेभलपमेन्ट बैङ्कको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

spot_img
spot_img

एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार २९ गते झापाको बिर्तामोड स्थित सिद्धार्थ होटेलमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १७ देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह
विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

३. वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालकहरुको नियुक्ति अनुमोदन एवं जानकारी सम्बन्धमा ।

विशेष प्रस्तावः

१. यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) प्रयोजनको लागि सत्रौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती (Acquisition) गर्ने सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्र (Memorandum Of Understanding) मा हस्ताक्षर गर्न Merger तथा Acquisition समिति गठन गर्न, चल अचल सम्पत्तीको मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्यांकनकर्ताको नियुक्ती गर्न, निजको पारिश्रमिक निर्धारण गर्न, शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसँग सहमति लिने लगायतका Merger तथा Acquisition सम्बन्धी आवश्यक सम्पूर्ण कार्य / प्रकृया अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने।

२. गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया लगायत अन्य आवश्यक विषयका लागि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img