Wednesday, July 9, 2025

एक्सेल डेभलपमेन्ट बैङ्कको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

spot_img
spot_img

एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार २९ गते झापाको बिर्तामोड स्थित सिद्धार्थ होटेलमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १७ देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह
विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

३. वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालकहरुको नियुक्ति अनुमोदन एवं जानकारी सम्बन्धमा ।

विशेष प्रस्तावः

१. यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) प्रयोजनको लागि सत्रौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती (Acquisition) गर्ने सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्र (Memorandum Of Understanding) मा हस्ताक्षर गर्न Merger तथा Acquisition समिति गठन गर्न, चल अचल सम्पत्तीको मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्यांकनकर्ताको नियुक्ती गर्न, निजको पारिश्रमिक निर्धारण गर्न, शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसँग सहमति लिने लगायतका Merger तथा Acquisition सम्बन्धी आवश्यक सम्पूर्ण कार्य / प्रकृया अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने।

२. गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया लगायत अन्य आवश्यक विषयका लागि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img