Monday, August 31, 2026
spot_img
spot_img

युनाईटेड इदी मर्दीले बोनस शेयर वितरणपछि हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

spot_img

युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२११ प्रतिशत नगद लाबहंश गरि कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले चैत्र ११ गते साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

क) साधारण प्रस्ताव
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ. व. २०८०।०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने ।

३. आ.व.२०८१।८२ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम २०८१ आषाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको ०.२११ प्रतिशत का दरले हुने रु ९,३२,८४२ | (अक्षरेपी नौ लाख बत्तिस हजार आठ सय बयालिस मात्र) नगद लाभांस (कर प्रयोजनको लागी) वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

५. कम्पनीको नियमावलीमा ब्यवस्था भए बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव
१. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम २०८१ आषाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको ४ प्रतिशत का दरले हुने रु १,७७,२४,००० (अक्षरेपी एक करोड सत्तह्तर लाख चैबिस हजार मात्र) बराबरको बोनस शेयर वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

२. बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पूँजिको १:१ (एक बराबर एक) अनुपातमा हकप्रद शेयर निष्काशन गरि कम्पनीको पूँजी बृद्धि गर्ने सम्बन्धमा ।

३. कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।

४. हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...