Saturday, January 17, 2026
spot_img

शिखर इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

spot_img
spot_img

शिखर इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १३ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २९  गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

सामान्य प्रस्ताव
१. आ.व. २०८०।८१ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

२. आ.व.२०८०।८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने बारे ।

३. आ.व. २०८११८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने बारे ।

४. संचालक समितिवाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २,६५४,९४७,३०० मा ०.५२६३ प्रतिशतका दरले नगद लाभांस रु १३,९७३,४०७ (अक्षरेपी रु. एक करोड उनान्चालिस लाख त्रिहत्तर हजार चार सय सात मात्र ) पारित गर्ने बारे (प्रस्तावित लाभांसको कर प्रायोजनार्थ)

५. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने बारे ।

६. विविध

विशेष प्रस्ताव
१ . सञ्चालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,६५४,९४७,३०० मा १० प्रतिशतका दरले रु. २६५,४९४,७३० (अक्षरेपी रु. छब्बीस करोड चौवन्न लाख चौरानब्बे हजार सात सय तीस मात्र) को बोनस शेयर पारित गर्ने बारे ।

२. कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने वारे ।

३.  प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने बारे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img