आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीको २०८० चैत्र १९ गते बसेको संचालक समितिको बैठकले “आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८८” जारी गर्न निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको स्वीकृति दिएको हो ।
कम्पनीले ९ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र रु.१,००० / का दरले कुल रु.३०,००,००,०००/- (अक्षरेपी तीस करोड) बराबरको तीन लाख कित्ता ” आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८८” जारी गर्न स्वीकृति पाएको हो ।
अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ ।