Tuesday, May 26, 2026
spot_img

नेपाल लाईफ इन्स्योरेन्सले एक साथ २ वर्षको साधारणसभा बोलायो, यस्ता छन् ७ प्रस्ताव

spot_img
spot_img

नेपाल लाईफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १८ गते एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभा पर्सामा हुने छ ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।

३. संचालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृति अनुरूप आ.व. २०७९/८० को लागि लेखापरीक्षक एस. ए. आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. आ.व.२०७९/८० को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव
१. कम्पनीको संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरूबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरूको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।

२. कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रलाई प्रधानमन्त्रीका सल्लाहकारले भने ‘निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नोस्’

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र...

उद्योगी व्यवसायीले संविधान संशोधनको लागि के के दिए सुझाव ?

'संविधान संशोधन बहसपत्र' तयार गर्ने कार्यदलले आज अर्थ,उद्योग, वाणिज्य...

शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

शुभारम्भ हाइड्रोपावरले ६ मेगावाट क्षमताको मध्य मोलुङखोला जलविद्युत आयोजना...

एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी...

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

जेनेसिस भेन्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने...

प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा आउने

प्रधानमन्त्री वालेन्द्र शाह एक हप्ता भित्रै संसदमा आउने भएका...
spot_img