प्रधानमन्त्री वालेन्द्र शाह एक हप्ता भित्रै संसदमा आउने भएका छन्। आजको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीले यस जानकारी दिएका हुन्।
मुख्य सचेतक बुर्लाकोटीले आज आफुले प्रधानमन्त्रीको सचिवालयसँग कुराकानी गरेको र प्रधानमन्त्री सम्भवत एक हप्ता भित्रै संसदमा आउने बताएका हुन् । यद्यपि उनले संसदमा सम्बोधन गर्ने गरि आउने हो या होइन भन्ने खुलाएनन् ।
पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा आएर जवाफ दिनु पर्ने भन्दै विपक्षीहरुले संसद अवरोध गर्दै आएका छन् । वालेन्द्र शाह प्रधानमन्त्री भएयता हालसम्म पनि उनले संसदमा बोलेका छैनन् ।












