Tuesday, July 28, 2026
spot_img

शेयरबजारमा ७५ अंङ्कको वृद्धि, ५ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

spot_img

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ७५.३३ अंकले बढेर २५६३.४३ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता शेयर खरिद बिक्रीबाट १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक २४ करोड ६९ लाख, अपि पावरको २४ करोड २६ लाख, तथा हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाखको कारोबार भएको छ।

आज बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, मान्डु हाइड्रो , हाथवे इन्भेष्टमेन्ट र नेपाल वेयरहाउजीङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै साहस उर्जाको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ५.०६ प्रतिशत बढेको छ भने जीवन बीमा समूह ४.४५ प्रतिशत तथा निर्जीवन बीमा समूह ४.३७ प्रतिशत बढेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...
spot_img