Tuesday, August 18, 2026
spot_img

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले २०८१ असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक्व वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने।

(३) कोषको आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस शेयर र ०.७३६८ (शून्य दशमलव सात तीन छ आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(४) साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने।

(५) विविध ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img