Friday, May 23, 2025
spot_img

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले २०८१ असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक्व वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने।

(३) कोषको आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस शेयर र ०.७३६८ (शून्य दशमलव सात तीन छ आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(४) साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने।

(५) विविध ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img