Monday, July 14, 2025

दुई ठूला दल मिल्ने भएपछि शेयरबजारमा उत्साह, ४७ अंकको वृद्धिपछि २१०० को बिन्दुमा नेप्से

spot_img
spot_img

नेपाल दुई ठूला नेपाली कांग्रेस र नेकपा एमालेले  सहकार्य गर्ने सहमति गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । दुई ठूला दल सम्मिलित सरकार बन्ने र संविधान संशोधन समेत गर्ने सहमति बाहिर आएसँगै आज शेयरबजारमा उत्साह देखिएको हो ।

आज मंगलबार शेयर कारोबार खुल्ना साथ दुई पटकसम्म सर्किट ब्रेक लागेर केहि समयको लागि कारोबार रोकिएको थियो । दोस्रो सर्किट ब्रेक लागेर खुलेको बजारमा भने केहि इन्ट्रा डे करेक्सन सहित पुरै अवधि अर्थात् ३ बजेसम्म नै बजारमा कारोबार भएको छ ।

आजको कारोबारमा शेयर बजार परिसूचक नेप्से ४७.०४ अंकले बढेर २१००.४३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ ९ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक १२ करोड ३३ लाख, गुडविल फाइनान्सको ११ करोड १० लाख, युनाइटेड इदी मार्दीको १० करोड ६९ लाख तथा हिमालयन रिइन्स्योरेन्सको १० करोड ९ लाखको कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ६.९६ प्रतिशत तथा गुडविल फाइनान्सको शेयर मूल्य ५.७४ प्रतिशत बढेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर मूल;या ५.५१ प्रतिशत बढेको छ ।

आज उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.४६ प्रतिशत, तथा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ६.२१ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक ३.३० प्रतिशत, ट्रेडिङ समुह ३.१२ प्रतिशत तथा वाणिज्य बैंक समुह ३.०३ प्रतिशतले बढेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img