Tuesday, July 28, 2026
spot_img

सेबोन अध्यक्ष नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाई, न्यायधीश मुसलमानको इजलाशमा पेशी

spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन ) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदै छ । आज न्यायधीश अव्दुल अजीज मुसलमानको एकल इजलाशमा रिटको पेशी तोकिएको छ । यद्यपि अव्दुल अजीज मुसलमानको आज अन्य २ वटा पनि इजलाश तोकिएकोले यस मुद्दामा सुनुवाईको पालो आउँछ कि आउदैन भन्ने निश्चित छैन ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिई सर्टलिस्टमा समेत परेका सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित्त नदेखिएको भन्दै रिट दायर गरेका हुन् । उनले नियुक्ति प्रक्रिया पुन: सुचारु गर्नको लागि परमादेश माग गरेका छन् ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा , महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका छन् ।

 गत शुक्रबार सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि प्रक्रिया नै अन्योलमा थियो । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय दिएपछि छनोट समितिले प्रक्रिया रद्द गरेको हो । तर श्रेष्ठले भने अन्तर्वार्तामा नआएकालाई समेत समेटेर ३ जनाको नाम सिफारिस गर्नु पर्ने जिकिर गरेका छन् ।

धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि सरकारले हिजो सोमबार नै  धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न सरकारले नयाँ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी (पदेन सदस्य) र अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । यस अघि गठन भएको सिफारिस समितिमा पनि यिनै ३ जना सदस्य थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...
spot_img