Saturday, September 5, 2026
spot_img

शेयरबजारमा दोहोरो अंकको गिरावट, फाइनान्स समूहमा आकर्षण कायमै

spot_img

आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.४४ अंकले घटेर २०६८.३१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०६ कम्पनीका ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ । जस मध्ये माउन्टेन इनर्जीको सर्वाधिक १७ करोड १४ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ७४ लाखको कारोबार भएको छ ।

आज कालिका लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.७१ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावरको शेयर मूल्य ६.६३ प्रतिशत बढेको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.२८ तथा भावती हाइड्रोपावरको शेयर मूल्य ५.४७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक फाइनान्स र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । फाइनान्स समुह सर्वाधिक १.८२ प्रतिशतले बढेको छ भने होटेल तथा टुरिजम समुह सर्वाधिक ०.९२ प्रतिशतले घटेको छ  ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...