Saturday, July 18, 2026
spot_img

सुरु भयो नाडा अटो शो, १३० स्टलमा प्रदर्शनी

spot_img

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि नाडा अटो शो २०२४ सुरु भएको छ । प्रदर्शनीको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने बताए । उनले अटोमोबाइल क्षेत्रलाई उद्योगसँग जोड्न नीतिगत समर्थन गर्ने वचन पनि दिएका छन्। उनले निर्माण क्षेत्रको समस्या र अटो क्षेत्रमा देखिएका अन्य चुनौतीहरूको सामना गर्न सरकार दृढ रहेको उल्लेख गरे।

नाडाका अध्यक्ष करण चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने बताए  । उनले अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे । साथै हाइब्रिड र इभी सवारीसाधनहरूको प्रवर्द्धनका लागि स्थिर नीति चाहिने बताए । अटोमोबाइललाई विलासी वस्तु नभएर, रोजगारी सिर्जना गर्ने र राजस्वमा उल्लेखनीय योगदान दिने क्षेत्रको रुपमा लिनु पर्ने बताए ।

टाटा.ईभी मुख्य प्रायोजक रहेको अटो शो काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको हो। यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा रहने छन् । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनीहरू रहने छन् । यसका अलावा ७ वित्तीय संस्थाहरूले नाडा अटो शोमा गाडी खरिद गर्ने तथा बुकिङ गर्नेहरुलाई फाइनान्सिङ सम्बन्धि सुविधाहरु प्रदान गर्नेछन् । कुल ९५ प्रदर्शकहरूले १३० स्टलमार्फत आफ्ना अटो सम्बन्धि वस्तुहरु प्रदर्शनी गर्नेछन् ।

चाडपर्वको मौसम नजिकिँदै गर्दा, यस अटो शोले अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडेल र प्रविधिहरूबारे जानकारी पाउने अवसर प्रदान गर्ने नाडाले जनाएको छ । नाडा अटो शो पहिलेभन्दा भव्य रुपमा सुरु भएको र यसपालीको अटो शो विगतका वर्षहरुको भन्दा प्रभावशाली हुने अपेक्षा नाडाको छ ।

६ दिनसम्म चल्ने अटो शोमा ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अवलोकनकर्तामध्ये एक जना भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।

नाडाले यो प्रदर्शनीलाई केवल प्रदर्शनी मात्रै नभई नवीनता र नेपाली अटोमोबाइल्स उद्योगको दीगो आत्माको उत्सवका रुपमा लिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img