साउन महिनामा ब्रोकरहरुले कुल ५ खर्ब ७९ अर्ब बढीको कारोबार गरेका छन् । नेप्सेका अनुसार संचालनमा रहेका ९२ ब्रोकरले खरिदतर्फ र बिक्रीतर्फ गरेर साउन महिनामा कुल ५ खर्ब ७९ अर्ब १७ करोड ७५ लाख १४ हजार २ सय २ रुपैयाँ ४८ पैसाको कारोबार गरेका हुन्।
कुल ९२ ब्रोकरहरु मध्ये ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले साउनमा सर्वाधिक ३७ अर्ब ३० करोड ८० लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजले २३ अर्ब ५९ करोड ७९ लाख ३१ हजारको कारोबार गरेको छ भने ब्रोकर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजले २२ अर्ब ६७ करोड ३२ लाख २४ हजारको कारोबार गरेको छ। यो खरिद गरिएको रकम र बिक्री गरिएको रकम समेतको कारोबार हो ।
१५ अर्ब बढीको कारोबार गर्ने अन्य ब्रोकरमा सनी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स , र आर्यातारा इन्भेष्टमेन्ट रहेका छन् ।
सबैभन्दा कम शेयर कारोबार गर्ने ब्रोकर भने ब्रोकर नम्बर ७३ अर्थात् मनि वर्ल्ड शेयर एक्सचेन्ज र ब्रोकर नम्बर ७९ पाही इन्भेष्टमेन्ट रहेका छन् । यी ब्रोकरले क्रमश ६६ लाख ६८ हजार र ३ करोड ९४ लाख ५२ हजारको कारोबार गरेका छन् ।
हेर्नुस् २०८२ साउनमा सम्पूर्ण ब्रोकरले गरेका कारोबारको विवरण:










