Sunday, March 23, 2025
spot_img
spot_img

नेपाल पुनर्बीमा कम्पनीमा अध्यक्ष पद रिक्त

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पद रिक्त भएको छ । कम्पनीको अध्यक्षमा अर्थ  मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सहसचिव इश्वरी प्रसाद अर्याल थिए ।

तर उनले उमेरहदको कारण साउन १८ गतेदेखि सहसचिव पदबाट अवकाश पाएपछि कम्पनीको अध्यक्ष पद स्वतः रिक्त भएको हो ।

यस संगै कम्पनीको अध्यक्षता ज्येष्ठ सञ्चालक नवराज मुडभरीले गर्ने भएका छन् ।  बीमा ऐन, २०७९ को दफा ५२(४) को व्यवस्था बमोजिम अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ भन्ने व्यवस्था र कम्पनीको नियमावलीको नियम ३८ (५) बमोजिम उपस्थित सञ्चालकहरुले आफूमध्येबाट छानेको सञ्चालकले अध्यक्षता गर्नेछ भन्ने व्यवस्था अनुरुप मुडभरीले अध्यक्षता गर्ने कम्पनीले जनाएको हो ।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img