Sunday, August 2, 2026
spot_img

हिल्टन होटेल पुनर्बीमा प्रकरण: बीमा प्राधिकरणद्वारा ४ वटा कम्पनीलाई कारवाही

spot_img

जेन्जी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको हिल्टन होटेलको पुनर्बीमा प्रकरणमा नेपाल बीमा प्राधिकरणले विभिन्न ४ वटा कम्पनीलाई कारवाही गरेको छ। बीमा ऐनमा भएको व्यवस्था विपरितको कार्य गरेको भन्दै प्राधिकरणको संचालक समितिको बैठकले ४ वटा कम्पनीलाई कारवाहीको निर्णय गरेको हो ।

बीमा प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलका अनुसार ४ वटा कम्पनीलाई उनीहरुले गरेको कसुरको आधारमा छुट्टाछुट्टै खालको जरिवानाको निर्णय भएको छ। जसमा हिमालयन रिइन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सलाई समान २ लाख नगद जरिवाना गरिएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापालाई बीमा ऐनमा भएको व्यवस्था बमोजिम कबुलियत गराउने कारवाही गरिएको छ  । त्यस्तै एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनालाई निलम्बन गरिएको छ ।

भएको के हो ?

जेन्जी आन्दोलनको क्रममा हिल्टन होटेल क्षतिग्रस्त बनेको थियो । होटेलले दी ओरियन्टल इस्योरेन्समा बीमा दाबी गरेकोले होटेलले सो कम्पनीसंग ६ अर्ब बीमा दाबी रकम माग गर्यो ।  ओरियन्टल इन्स्योरेन्सले होटेलको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा भने एलियन्ट पुनर्बीमा ब्रोकरमार्फत हिमालयन रिमा गरेको थियो । तर ओरियन्टल इन्स्योरेन्सले बीमा दाबी भने हिमालयन रि मा नगरी नेपाल पुनर्बीमा कम्पनी गर्यो ।

प्राधिकरणले ०८० असार २९ गते हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा नेपाल रिमा मात्रै हुने गरि निर्देशन दिएको थियो । तर हिल्टन होटेलको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा कानून विपरित हिमालयन रि मा गरेको पाइएकोले यसमा संलग्न भएकाहरु कारवाहीमा परेका हुन् । कारवाही अघि प्राधिकरणले सबै कम्पनीलाई स्पष्टीकरण सोधेको थियो ।  जवाफ चित्तबुझ्दो नभएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।

साथै हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा हिमालयन रि मै गरेकोले अब हिल्टन होटेलको दाबी भुक्तानी हिमालयन रिइन्स्योरेन्सले नै बेहोर्नु पर्ने देखिएको छ ।

अन्य ४ कम्पनी पनि कारवाहीमा

बीमा प्राधिकरणले अन्य ४ कम्पनीलाई पनि कारवाही गरेको छ।  बीमा ऐनको व्यवस्था बमोजिम कार्य नगरेको पाइएकोले एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, र नेपाली लाइफ इन्स्योरेन्सलाई पनि समान २ लाख जरिवाना गरिएको प्राधिकरणकी प्रवक्ता ढुंगेलले जानकारी दिइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img