२०८१ को असोजको दोस्रो साता आएको भारी वर्षा र त्यसले निम्त्याएको बाढीले ठूलो धनजनको क्षति गर्यो । विभिन्न बीमा कम्पनीमा पौने १२ अर्ब बढीको दाबी परेको थियो।
बीमा प्राधिकरणका अनुसार १८ कम्पनीमा गरि कुल ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९ सय ३० रुपैयाँ ३८ पैसाको दाबी परेको थियो । कुल ३४ सय १८ वटा दाबी परेका थिए।
जसमा कार्तिक २८ गतेसम्म बीमा कम्पनीहरुले ६१ करोड ७ लाख ९३ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा भुक्तानी गरेका छन् । कुल ९०२ वटा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै सम्पति बीमा शिर्षकमा ४६ करोड ७० लाख ९७ हजार दाबी भुक्तानी भएको छ। यस शिर्षकमा ८ अर्ब ७५ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ।
हेर्नुस् कुन कम्पनीले कति दाबी भुक्तानी दिए ?

कुन बीमालेखमा कति दाबी ?














