२०८१ को असोजको दोस्रो साता आएको भारी वर्षा र त्यसले निम्त्याएको बाढीले ठूलो धनजनको क्षति गर्यो । विभिन्न बीमा कम्पनीमा १० अर्ब बढीको दाबी परेको थियो।
बीमा प्राधिकरणका अनुसार १८ कम्पनीमा गरि कुल १० अर्ब ५३ करोड २७ लाख ८८ हजार ९ सय ८८ रुपैयाँ ७५ पैसाको दाबी परेको थियो । कुल ३४ सय ६० वटा दाबी परेका थिए।
जसमा कार्तिक २० गतेसम्म बीमा कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार ६ सय २७ रुपैयाँ ८० पैसा भुक्तानी गरेका छन् । कुल ६३७ वटा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सम्पति बीमा शिर्षकमा ३८ करोड ९५ लाख दाबी भुक्तानी भएको छ। यस शिर्षकमा ७ अर्ब ९१ करोडको दाबी परेको छ।
हेर्नुस् कुन कम्पनीले कति दाबी भुक्तानी दिए ?