कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकार विरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण साविक बीमा समितिलाई विपक्षी बनाएर सर्वोच्चमा रित दायर गरेको हो ।
सम्पूर्ण निर्जीवन बीमा कम्पनीको तर्फबाट नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काले सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले मुद्दा दायर गरेको हो । रिटमा कोर्न बीमा वापत सरकारले भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गराउनको लागि परमादेश माग गरिएको छ ।
सरकारले बीमा कम्पनीहरूलाई कोरोना बीमाको ११ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । सरकारले लामो समय भईसक्दा समेत सो रकम नदिएपछि बीमा कम्पनीहरु सर्वोच्च गएका हुन्।
सो रिटको पेशी भदौ २४ गते सोमबारको लागि तोकिएको छ ।













