SALICO Golf Tournament गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “SALICO Golf Tournament 2026” आयोजना गर्ने भएको छ ।

व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको Par-72 गल्फ कोर्समा आयोजना गर्न लागेको हो ।

करिब १०० जना एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल, आकर्षक पुरस्कार तथा सहभागीहरूबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र मित्रता अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका विधाहरूमा Men’s Winner, Runner-up, Best Gross, Ladies’ Winner, Ladies’ Runner-up, Senior Winner (६० वर्ष वा सोभन्दा माथि), Super Senior Winner (७० वर्ष वा सोभन्दा माथि), Most Birdies, Closest to the Pin, Longest Drive तथा SALICO 30 Years of Trust Winner रहेका छन् ।

प्रतियोगितालाई थप मनोरन्जनात्मक र रोमाञ्चक बनाउन Hole No. 10 मा Hole-in-One गर्ने पहिलो खेलाडीले Tata Nexon कार जित्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको सबैभन्दा आकर्षक पक्षमध्ये एक यस पुरस्कारले खेलाडीहरूमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताबारे आफ्नो धारणा व्यक्त गर्दै सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरोकारवालाहरू तथा समग्र कर्पोरेट समुदायसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने निरन्तर प्रयासको एक हिस्साका रूपमा “SALICO Golf Tournament 2026” आयोजना हुँदै आएको बताए । उनले खेलकुदका यस्ता कार्यक्रमहरू प्रतिस्पर्धामा मात्र सीमित नभई आपसी सद्भाव अभिवृद्धि गर्ने, व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा इमानदारी, खेल भावना र पारस्परिक सम्मानजस्ता साझा मूल्यका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण अवसर भएको बताए ।

यस प्रतियोगिताले व्यावसायिक कारोबारभन्दा बाहिर रहेर पनि आफ्ना सरोकारवालाहरूसँग सम्बन्ध विस्तार गर्ने र विश्वास तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने अर्थपूर्ण अनुभव सिर्जना गर्ने सलिकोको प्रतिबद्धतालाई प्रतिबिम्बित उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा फुटसल कपको ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना...

जेरोनाका ७ नयाँ उत्पादन बजारमा

एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको...

लुम्बिनी केबलकारमा भारतीय पर्यटकको संख्या बढ्यो, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी...

३ महिनामै ५ खर्ब ३२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ३ महिनामा व्यापार...

१० रुपैयाँ अंकित Jio Platforms: १११९ रुपैयाँमा आईपीओ निष्काशन, १३५८ रुपैयाँमा लिस्टिङ

भारतको रिलायन्स इन्डस्ट्रिजको डिजिटल सेवा सहायक कम्पनी जियो प्लेटफर्म्स...

अन्तर्राष्ट्रिय समुुदायलाई जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार...