आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय १२ रुपैयाँ तोकिएको छ ।










