हिम पर्वत हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

spot_img
spot_img

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कार्तिक ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख २२ हजार ५ सय कित्ता शेयर निष्काशन गरिएको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

यस कम्पनीले ५.५ मेगावाटको सागु खोला १ र २० मेगावाटको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ देखि विद्युत उत्पादन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानले खोज्यो विद्युत् व्यापारको अनुमति पाउने सुनिश्चितता, राख्यो ४ माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत्...

ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नबिल बैंकले दियो आवेदन

नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

ChatGPT बाट छुट्टिएकाले खोलेको कम्पनी एन्थ्रोपिकले १०० अर्ब डलरको आईपीओ ल्याउने

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको प्रमुख कम्पनी एन्थ्रोपिक (Anthropic) ले...

चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको...

ग्यासमा भ्याटः निगमले क्षेत्राधिकार बाहिर गएर सर्कुलर जारी गरेको आरोप, मूल्य के होला ?

नेपाल आयल निगमले एलपी ग्यास बिक्रेतालाई अनिवार्य रुपमा भ्याट...