Saturday, August 8, 2026
spot_img

५ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार १९ अर्ब, सलिको र शिखर शिर्ष स्थानमा

spot_img

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८२  साउन देखि २०८२ मङ्सिरसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । यसमा निर्जीवन लघुबीमा कम्पनीहरुको तथ्यांक संलग्न छैन ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै २ अर्ब २१ करोड  बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख  बीमा शुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोडको बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड बीमाशुल्क संकलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम अर्थात् ४९ करोड ३० लाखको बीमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेसले ६० करोड ६८ लाख बीमाशुल्क संकलन गरेको छ। त्यस्तै प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख बीमाशुल्क संकलन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क संकलन कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img