spot_img

५ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार १९ अर्ब, सलिको र शिखर शिर्ष स्थानमा

spot_img

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८२  साउन देखि २०८२ मङ्सिरसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । यसमा निर्जीवन लघुबीमा कम्पनीहरुको तथ्यांक संलग्न छैन ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै २ अर्ब २१ करोड  बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख  बीमा शुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोडको बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड बीमाशुल्क संकलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम अर्थात् ४९ करोड ३० लाखको बीमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेसले ६० करोड ६८ लाख बीमाशुल्क संकलन गरेको छ। त्यस्तै प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख बीमाशुल्क संकलन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क संकलन कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...