Friday, August 7, 2026
spot_img

‘नाडा अटो शो’को टिकट बुकिङमा ५० प्रतिशत छुट

spot_img

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’का लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ ।

संस्था स्थापनाको ५०औँ स्वर्ण वर्षको पुगेको अवसरमा नाडाले यस वर्षको अटो शोमा डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको हो ।
अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष एचपी लुब्रिकेन्ट्सले मुख्य प्रायोजन गरेको छ ।

५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्ती एप सँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो । अफर अन्तर्गत खल्ती एपमा गएर वा आधिकारिक खल्तीको क्युआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । यो छुट योजना सीमित अवधिका लागि मात्र रहने भएकाले समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।

यस वर्षको प्रदर्शनीमा नवीनतम ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बिमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइनेछ । ५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र नयाँ प्रविधिसँग साक्षत्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...

5G सेवाको लागि कार्ययोजना पेश गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने...

 ‘स्टार्टअप समिट नेपाल–२०२६’ सुरु 

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई...

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा

महालक्ष्मी विकास बैंकले महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै...

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...
spot_img