Saturday, April 19, 2025
spot_img

८ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार २८ अर्ब, शिखर र सलिको शिर्ष स्थानमा (सूची)

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ फागुनसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १ करोड  बीमाशुल्क संकलन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ३२ करोड बीमाशुल्क संकलन गरेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड बीमा शुल्क संकलन गर्दा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले २ अर्ब ३७ करोडको बीमाशुल्क संकलन गरेको छ।

यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम ७६ करोड ४७ लाख बराबरको बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड बराबरको बीमाशुल्क संकलन गरेको छ। त्यस्तै प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड तथा नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड बराबरको बीमाशुल्क संकलन गरेको छ।

हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क संकलन कति ?

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img