Thursday, November 13, 2025
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी भूक्तानी

spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले दुर्घटना बीमा बापतको दाबी भूक्तानी गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाकी बचत सदस्य साइली तामाङको आफ्नै घरमा लागेको आगो निभाउने क्रममा मृत्यु भएपछि उनको बीमा बापतको रकम कम्पनीले आज हस्तान्तरण गरेको हो ।

कम्पनीको तर्फबाट मन्थली शाखा प्रमुख बिपिन भट्टराईका अनुसार दुर्घटना बीमा बापतको दाबी भूक्तानी रकम (१ लाख रुपैयाँ) को चेक आज मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष मोतिलाल तामाङको समेत रोहबरमा मेयर श्रेष्ठले बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमा दोर्जे लामामार्फत मृतकका श्रीमान सुरज सिंह तामाङलाई चेक हस्तान्तरण गरेका हुन् ।

गत बैशाख ३ गते आफ्नै घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएपछि साइली तामाङलाई काठमाडौँको किर्तीपूरस्थित वर्न अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ८०५ जना बचत सदस्यको दुर्घटना र औषधी उपचार बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले बिगत ७ वर्षदेखि रामेछाप जिल्ला र आसपासको जिल्लामा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img