Tuesday, May 26, 2026
spot_img

बीमा कम्पनीले सूचीकृत कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने, अरु क्षेत्रमा कति ?

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ। प्राधिकरणले भदौ १७ गते स्वीकृत गरि जारी गरेको निर्देशनमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीले कुन कुन क्षेत्रमा कति कति रकम लगानी गर्न पाउने छन् भन्ने व्यवस्था गरिएको छ।

कम्पनीहरुले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर मात्र लगानी गर्नु पर्ने छ। नयाँ व्यवस्था अनुसार कम्पनीलाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लगाईएको छैन। साथै निर्देशनले कस्ता खालको सहायक कम्पनीमा लगानी गर्न पाउने छ भन्ने व्यवस्था गरिएको छ।

बीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्रहरुलाई १२ शिर्षकमा वर्गीकरण गरिएको छ । प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, र पुनर्बीमा कम्पनीलाई छुट्टाछुट्टै सीमा तोकेको छ। तोकिएको शिर्षकमा कम्पनीहरुले लगानी गर्न मिल्ने रकमको सीमा तोकिएको छ, जुन कुल लगानी गरिएको रकमको प्रतिशतको आधारमा छ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरुले धितोपत्र बजारमा सूचीकृत संस्थाको संस्थापक वा साधारणशेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । जसमा जीवन बीमा र पुनर्बीमाले कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् भने निर्जीवन कम्पनीले १० कुल लगानी रकमको १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

हेर्नुस् कस्ता बीमा कम्पनीले, कुन क्षेत्रमा कति लगानी गर्न पाउछन् ?

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

Gorkha Cup Connecting Nepali Communities Worldwide

The 24th Gorkha Cup, which connects Nepali communities across...

निजी क्षेत्रलाई प्रधानमन्त्रीका सल्लाहकारले भने ‘निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नोस्’

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र...

उद्योगी व्यवसायीले संविधान संशोधनको लागि के के दिए सुझाव ?

'संविधान संशोधन बहसपत्र' तयार गर्ने कार्यदलले आज अर्थ,उद्योग, वाणिज्य...

शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

शुभारम्भ हाइड्रोपावरले ६ मेगावाट क्षमताको मध्य मोलुङखोला जलविद्युत आयोजना...

एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी...

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

जेनेसिस भेन्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने...
spot_img