Monday, July 14, 2025

नेपाल लाईफ इन्स्योरेन्सको २ वर्षको साधारणसभा आज, यस्ता छन् ७ प्रस्ताव

spot_img
spot_img

नेपाल लाईफ इन्स्योरेन्सले आज असार १८ गते एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा गर्दै छ । कम्पनीको साधारणसभा पर्सामा हुने छ ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।

३. संचालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृति अनुरूप आ.व. २०७९/८० को लागि लेखापरीक्षक एस. ए. आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. आ.व.२०७९/८० को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव
१. कम्पनीको संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरूबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरूको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।

२. कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img