Thursday, November 13, 2025
spot_img

मौसम अनुकूल भएसँगै रामेछाप र काठमाडौँमा रोकिएका ६९० पर्यटक लुक्ला पुगे

spot_img

रासस

लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६ सय ९० पर्यटक लुक्ला पुगेका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार मन्थलीमा रोकिएका ६ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा ३५० जना र जहाजको २२ उडानमार्फत ३४० पर्यटक लुक्ला ओर्लिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । गत आइतबार ९० उडानमार्फत ८ सय पर्यटक लुक्ला पुगेको प्राधिकरणको तथ्यांक छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकहरु लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो ।

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर ६, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img