Monday, September 7, 2026
spot_img

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

spot_img

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड ‘जेडब्ल्यू मेरियट’ नेपाल आउने भएको छ । एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जेडब्ल्यू मेरियटलाई नेपाल भित्र्याउन मेरियट इन्टरनेशनलसँग सम्झौता गरेको हो । यससँगै अब जे डब्ल्यू मेरियट सन् २०३१ को सुरुवात सम्ममा सञ्चालनमा आउनेछ ।

यसअघि मेरियटकै ३ वटा ब्राण्ड ल्याइसकेको एमएस ग्रुपले मेरियटसँग चौथो सहकार्य पक्का गरेको हो । कम्पनीले यसलाई नेपालको विलासी आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

होटलमा २२१ वटा विलासी कोठा रहनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौं उपत्यकाका विभिन्न विश्व विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा सांस्कृतिक स्थलहरूमा सहज पहुँच हुने बताइएको छ ।

होटलमा विभिन्न रेष्टुरेन्ट तथा भोजनालय, स्पा, फिटनेश सेन्टर, स्वीमिङ पुल, जे–डब्ल्यू गार्डेन तथा १६ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको सभा तथा कार्यक्रम स्थल रहनेछ ।

सम्झौतापत्रमा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका प्रबन्ध निर्देशक गौरव अग्रवाल र मेरियट एसिया प्रशान्तका अध्यक्ष राज मेननले हस्ताक्षर गरेका छन् । यसैगरी क्यापिटल होटलतर्फबाट शशिकान्त अग्रवाल र मेरियट इन्टरनेशनलका तर्फबाट डेभिड मेरियटबीच सम्झौता आदानप्रदान भएको छ ।

सम्झौता समारोहमा गौरव अग्रवालले मेरियटसँग पुनः साझेदारी गर्दै नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक विशेष होटल निर्माणको थालनी गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित रहेको बताए । उनले नेपालको देशको संस्कृति र मौलिक आतिथ्यतालाई विश्वस्तरीय आतिथ्यसँग जोड्दै अविस्मरणीय अनुभव प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

मेरियट इन्टरनेशनलले विश्वका १४५ देश र क्षेत्रहरूमा ९ हजार ८ सयभन्दा बढी होटल सञ्चालन गर्दै आएको छ । नेपालमा मेरियटका मोक्सी, फेयरफिल्ड र मेरियट गरी ३ वटा ब्राण्ड यसअघि नै सञ्चालनमा आइसकेका छन् । यी सबैलाई एमएस ग्रुपले नेपाल भित्र्याएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...