Tuesday, September 8, 2026
spot_img

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

spot_img

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको गिरोह पक्राउ परेको छ । उनीहरुलाई भक्तपूरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

भदौ १८ गते राती रामेछापको खाँडादेवी गाउँपालिका वडा २ मझुवास्थित ८५ वर्षको बखतमान लामा र उनकी श्रीमती ८६ वर्षकी कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा ३ जनाको समूहले उनीहरुको हात बाँधी मुख थुनी आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिई गरगहना तथा घरमा राखेको नगद चोरी गरेका थिए ।

उनीहरुलाई चोरीका सामान तथा चोरीमा प्रयोग गरेका सवारी साधानसहित भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका २ बस्ने २५ वर्षका सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका २ बस्ने वर्ष ३२ का दिर्घराज मोक्तान र रामेछापको खाँडादेवी गाउँपालिका २ बस्ने वर्ष ३३ को पशुपति श्रेष्ठ रहेका छन् ।

यस्तै, झापाको दमक नगरपालिका ७ बस्ने ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका ५ बस्ने ३८ वर्षका दिपक भनिने गुणराज विश्वकर्मा पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, नगद र गहनासमेत बरामद गरेको छ ।

यसैगरी, पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका ७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको समेत खुलेको छ । यस्तै, उनकै समूहले गत असार १ गते खाँडादेवी गाँउपालिका ३ बस्ने सुन्दरी श्रेष्ठको घरबाट एउटा खसी र भदौ ७ गते खाँडादेवी गाउँपालिका ०३ भिरपानी बस्ने राम बहादुर श्रेष्ठको गोठबाट एउटा बोकासमेत चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ समेतको समूह काठमाडौँमा सुनको सिक्री लुट्ने घटनामा संलग्न भएको देखिएपछि २०८० साल असोज १४ गते प्रहरी बृत कालीमाटीले उनीविरुद्द डाँका तथा चोरी कसूरमा मुद्दा चलाएको पाइएको छ ।

यसैगरी, भदौ १८ गते रामेछापको सुनापती गाउँपालिका २ दिमीपोखरी बस्ने वर्ष ७५ को इमान सिं तामाङको घरबाट ७८ हजार चोरी गरेको कसूरमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका २ नयाँ पानी ट्याङ्की टोल बस्ने ३४ वर्षका आकाश लामा र उनका छोरा १९ वर्षीय सन्दिप तामाङ रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...