Monday, September 7, 2026
spot_img

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

spot_img

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ । नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन् ।

विपद् आएको पहिलो दिनदेखि स्काउटका स्वयंसेवकहरू विभिन्न टोली बनाएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका छन् । सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै स्काउटले खोज तथा उद्धार, खाना व्यवस्थापन, सामुदायिक भान्सा सञ्चालन, राहत सामग्रीको व्यवस्थापन तथा होल्डिङ सेन्टर सञ्चालनमा सहयोग गर्दै आएको छ ।

नेपाल स्काउटले अन्तर्राष्ट्रिय संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’सँगको सहकार्यमा प्रभावित क्षेत्रमा सामुदायिक भान्सा सञ्चालन गरी विपद् प्रभावित नागरिक तथा स्वयंसेवकलाई नियमित रूपमा ताजा खाना उपलब्ध गराउँदै आएको छ । विपद्का कारण बालबालिकामा परेको मानसिक असर कम गर्न तालिमप्राप्त स्वयंसेवकहरूलाई समेत परिचालन गरिएको छ । उनीहरूले प्रभावित बालबालिकालाई खेलकुद, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोग उपलब्ध गराइरहेका छन् ।

काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको बसोबास तथा खानपान व्यवस्थापनमा पनि स्काउटका स्वयंसेवक परिचालित छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत दैनिक २५ जनाभन्दा बढी स्वयंसेवक खटिएका छन् । उनीहरूले राहत सामग्रीको प्याकिङ, वर्गीकरण तथा प्रभावित क्षेत्रमा पठाउने कामलाई व्यवस्थित गरिरहेका छन् । प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक बालेन्द्र शाहले विपद्को समयमा स्काउट नेतृत्व तथा स्वयंसेवकहरूले पुर्‍याएको योगदानको प्रशंसासमेत गर्दै आएका छन् ।

स्काउटले उद्धार र राहतसँगै पुनःस्थापनाका काममा समेत सक्रिय सहभागिता जनाउँदै विपद् व्यवस्थापनमा स्वयंसेवी संस्थाको भूमिका थप प्रभावकारी बनाउने प्रयास गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...