Monday, September 7, 2026
spot_img

‘रमडा बाइ विन्डम इटहरी’को महाप्रबन्धकमा अभिमन्यु कायस्थ नियुक्त

spot_img

ए.बी. होल्डिङ्सले ‘रमाडा बाइ विन्डम इटहरी’को महाप्रबन्धक पदमा अभिमन्यु कायस्थलाई नियुक्त गरेको छ । तीन दशकभन्दा बढी समय भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा नेतृत्वदायी भूमिकामा कार्य गरिसकेका कायस्थ रमाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा नियुक्त भएका हुन् ।

कायस्थले होटल प्रि–ओपनिङ, सञ्चालन सुदृढीकरण, ब्रान्ड मापदण्ड कार्यान्वयन तथा वित्तीय प्रदर्शन सुधारमा उल्लेखनीय अनुभव हासिल गरेका छन् । उनको नेपालमा पुनरागमन केवल एउटा नियुक्ति मात्र नभई, अन्तर्राष्ट्रिय अनुभव र दक्षता स्वदेशमै फर्काउने ‘Getting Talent Back Home’ पहलको महत्वपूर्ण उदाहरण भएको ए.बी. होल्डिङ्सले जनाएको छ ।

यस अवसरमा ए.बी. होल्डिङ्सका अध्यक्ष देश बन्धु बस्नेत (अजित)ले कायस्थलाई स्वागत गर्दै उनको नेतृत्वमा होटलसहित नेपालको पर्यटन तथा आतिथ्य उद्योगमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

“अभिमन्यु कायस्थ अन्तर्राष्ट्रिय स्तरमा लामो अनुभव बोकेका नेपाली व्यक्तित्व हुनुहुन्छ । उहाँलाई रमाडा बाइ विन्डम इटहरीको नेतृत्वसहित स्वदेश फर्काउन पाउनु हाम्रो लागि गर्वको विषय हो” बस्नेतले भने, “उहाँको नेतृत्वले रमाडा बाइ विन्डम इटहरीलाई मात्र होइन, समग्र पूर्वी नेपाल र देशकै पर्यटन तथा आतिथ्य उद्योगमा सकारात्मक मूल्य थप्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”

रमाडा बाइ विन्धम इटहरीको उद्घाटनको तयारी तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा कायस्थको नेतृत्वले अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड, सुशासन र दीर्घकालीन मूल्य सिर्जनामा थप मजबुती ल्याउने विश्वास लिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको...

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल...