Thursday, July 23, 2026
spot_img

१७५ करोड लगानीको मोक्सी काठमाडौं: छिर्नासाथ ‘कक्टेल वेलकम’, युवा लक्षित लाइभ म्युजिक र बार

spot_img

नेपालमा युवाहरु रम्ने र झुम्ने नाइट क्लबहरु धेरै छन् । संसारकै उत्कृष्ट मध्येका क्लबहरु पनि नेपालमा छन् । तर, आधुनिक युवा जमात लक्षित होटल भने थिएनन् । अब भने यो पनि पूरा भएको छ । ड्रमसेट म्युजिक, होटलमा छिर्नासाथ रिसेप्सनको सट्टा बार र टेबलटेनिस लगायतका मनोरञ्जनात्मक खेलहरु भएको यो होटल हो ‘मोक्सी काठमाडौं’ ।

काठमाडौंको कमलादीमा अवस्थित यो होटल युवा वर्गका लागि लक्षित गरेर बनाइएको हो । कुल ४० आना क्षेत्रफलमा फैलिएको होटल लोकेशनका दृष्टिकोणले एकदमै राम्रो र शान्त ठाउँमा अवस्थित छ । ठमेलबाट नजिकै र दरबारमार्गसँगै जोडिएको हुनाले मोक्सी काठमाडौँ ‘प्राइम लोकेशन’मा छ भन्न सकिन्छ ।

मेरियटको कान्छो ब्राण्ड, दक्षिण एशियामै काठमाडौँमा चौँथो होटल

विश्वबिख्यात चेन हस्पिटालिटी ब्राण्ड मेरियट अन्तर्गतकै ब्राण्ड हो मोक्सी । मेरियटका ३२ ब्राण्ड यसअघि नै अमेरिकादेखि युरोप र एशियाली बजारसम्म फैलिएका छन् । मोक्सी ३३औँ ब्राण्ड हो ।

जापान र भारतमा यसअघि नै मोक्सी सञ्चालनमा आइसकेको छ । दक्षिण एशियामा नेपालमा सञ्चालनमा आएको ‘मोक्सी काठमाडौँ’ यसको चौँथो होटल हो । ‘मेरियटको कान्छो ब्राण्ड नेपाल भित्र्याएर हामीले दक्षिण एशियामै यसको चौँथो होटल सञ्चालनमा ल्यायौँ’ होटलका सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, ‘हामीले मेरियटलाई व्यवस्थापन सम्हाल्नका लागि चाबी हस्तान्तरण गरिसक्यौँ ।’

उनका अनुसार विगतदेखि नै मेरियटसँग काम गरेको हुनाले अहिले पनि व्यवस्थापनको जिम्मा मेरियटलाई नै दिइएको हो । ‘उनीहरुको म्यानेजमेन्ट राम्रो छ । हाम्रा २ वटा होटल उनीहरुले नै व्यवस्थापन हेरिरहेका छन्’ अग्रवालले भने, ‘व्यवस्थापन राम्रो गरेर लगानीकर्तालाई मुनाफा पनि दिलाएका छन् । योसँगै युवा र पर्यटक लक्षित यस्तो मोडल अरुसँग थिएन पनि । यसकारण यो होटलमा पनि मेरियटसँगै सहकार्य भयो ।’

के छन् विशेषता ?

मोक्सी होटलमा छिर्नासाथ कुनै औपचारिक अनुभूति नै हुँदैन । मनोरञ्जनात्मक अनुभूति हुन्छ । होटलको लिफ्टभित्र पनि युवाहरुले मन पराउने गरी विभिन्न अक्षर लेखिएको छ । कलात्मक तर युवा वर्गले रुचाउने गरी डिजाइन गरिएको छ । होटलका सबै क्षेत्र युवाहरुले मन पराउने ‘पिङ्क कलर’को ‘थिम’मा डिजाइन गरिएको छ ।

होटलमा मेक्सिकन (ल्याटिन अमेरिकी) रेष्टुरेन्ट छ । जसको डिजाइन नै मेक्सिकन डिजाइनरहरुले गरेका हुन् । अरु फरक स्वादका रेष्टुरेन्ट पनि सञ्चालनमा छन् । होटलको टप फ्लोर (१२औँ तल्ला)मा स्वीमिङ पुल छ । यो होटलमा शीर्ष कर्मचारीलाई म्यानेजर (मेनेजर) भनिँदैन, क्याप्टेन भनिन्छ । कर्मचारीको बोली बचन, ड्रेस–अप सबै आधुनिक शैलीका छन् । जसलाई मनोरञ्जन पारखी युवाहरुले औधी रुचाउँछन् ।

रुफटफ लाउञ्ज, आर्ट ग्यालरी जस्ता विशेषता पनि छन् । यसले झनै ग्राहकलाई लोभ्याउने छ । साथै, होटलमा छिर्नासाथ हातैले तयार पारिएको ‘कक्टेल’ले स्वागत गरिन्छ । यो अझ विशेष हुने भइहाल्यो ।

१० हजारदेखिका कोठा

होटलमा कुल १०१ कोठाहरु छन् । जसमध्ये अधिकाशं कोठाहरु डिलक्स छन् । केही ‘स्वीट्स रुम’ पनि छन् । डिलक्स रुमको मूल्य प्रतिरात १० हजार रुपैयाँ र स्वीट्स रुमको प्रतिरात २० हजार रुपैयाँ शुल्क लाग्छ ।

‘डिमाण्ड र सप्लाईका आधारमा कोठाको मूल्य तय हुन्छ, सामान्यतया कोठाको मूल्य १० हजारदेखि सुरु छ’ अग्रवालले भने ।

१७५ करोड लगानी

यसअघि देखि नै नक्सालमा पाँचतारे ‘काठमाडौँ मेरियट’ र ठमेलमा चारतारे ‘होटल फेयरफिल्ड’ सञ्चालन गरिरहेका शशिकान्तले मोक्सी होटल भित्र्याउने तयारी गरेको कोभिड अगाडी नै हो । त्यतिबेला अहिलेकै स्थानमा केही काम पनि अघि बढेको थियो । तर, कोभिड महामारीले गर्दा काम रोक्न बाध्य भए ।

कोभिड पश्चात अग्रवालले पुनः काम अघि बढाए । यो होटल ३ महिना अगाडी अर्थात् दशैँ आसपासमै सञ्चालनमा आउने तयारी थियो । तर, भदौमा भएको जेन् जी आन्दोलनले पर्यटन क्षेत्र प्रभावित बन्यो । जसका कारण मोक्सीको औपचारिक उद्घाटन पनि धकेलियो ।

‘जेन् जी आन्दोलनका २ दिन भदौ २३ र २४ गतेलाई हेर्ने हो भने काठमाडौँ यति चाँडै यसरी लयमा फर्किन्छ भन्ने कल्पना नै थिएन’ अग्रवाल स्मरण गर्छन्, ‘तर काठमाडौँ चाँडै लयमा फर्कियो । यो हाम्रो नेपालको मौलिकता र विशेषता हो । जसकारण मोक्सीको औपचारिक सुरुवात गर्न हामीलाई सहज भयो ।’

मंसिर २६ गते होटल व्यवस्थापन (मेरियट)लाई चाबी हस्तान्तरण गर्दासम्म यस होटलमा कुल १७५ करोड हाराहारी लगानी पुगेको अग्रवालको भनाइ छ । यो सबै लगानी अग्रवालकै हो । अर्थात्, हिमालयन हस्पिटालिटीको हो ।

शशिकान्त अग्रवालका अनुसार मोक्सी काठमाडौँमा चारतारे होटलको सुविधा उपलब्ध छ । तर, होटलले पर्यटन विभागमा तीनतारे वर्गीकरणको लागि मात्रै निवेदन दिएको छ ।

यस होटलमा १०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एकदमै आधुनिक र पढेलेखेका (होटल म्यानेजमेन्टकै विद्यार्थी) युवाहरु होटलमा कार्यरत छन् । जसको बोलीचाली, व्यवहार र शैलीले साँच्चै आकर्षित बनाउँछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...
spot_img