Monday, September 7, 2026
spot_img

पब्लिक कम्पनी बन्यो धुलिखेलको होटेल सारथी, छिट्टै आईपीओ आउने

spot_img

काभ्रेको धुलिखेलमा रहेको होटेल सारथी प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको छ । होटेल सारथी प्रा.लि.को विशेष साधारणसभाले कम्पनीको किसिम परिवर्तन गरी होटेल सारथी लिमिटेड कायम गरेको थियो ।

साविक कम्पनीको नाममा सिर्जना भएका सम्पूर्ण चल-अचल सम्पत्ति र दायित्व परिवर्तित कम्पनीले बेहोर्ने/सकार्ने गरी कम्पनीको किसिम परिवर्तन गर्न कम्पनी रजिष्ट्रार कार्यालयले असार ३१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ l

अब कम्पनीले छिट्टै आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ l आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ l

आर्थिक वर्ष २०८२/०८३ भित्र नै पुँजीबजारमा सूचीकृत हुने कम्पनीको लक्ष्य छl यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ l

कस्तो छ होटेल ?

२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल-८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो l निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुन लागेको छ l एउटा प्रेसिडेन्सीयल, ६ वटा सुइट, ५० वटा प्रिमियम डिलक्स, २३ वटा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् l ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको छ l

होटेल भवनको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ l जाडोमा स्वीमिङ पुलको पानीलाई तताउने प्रबन्धसमेत मिलाईएको छ l स्पा र फिटनेस सेन्टरसमेत संचालनमा ल्याएको छ l

होटेललाई विवाह मण्डपकोरुपमा विकास गर्दै सारथीले गौरवमय उपस्थिति जनाईसकेको छ l भारतीय र मुलुककै विभिन्न शहरका नागरिकले होटललाई विवाहका लागि गन्तव्य बनाएका छन् l आगामी दिनमा होटेल सारथी विवाहको लागि उत्कृष्ट स्थल बन्ने लक्ष्य लिएको जनाएको छl अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठीका लागि पनि होटेल सारथी अग्रिम बुकिंग थलो बनेको छ l

होटेलले सारथीले शुरुआतदेखि नै पर्यावरणलाई ध्यानमा राख्दै फोहोर पानीको पुन:उपयोगलाई कार्यान्वयन गर्दै आएको छ l होटलबाट निष्कासित फोहोर पानीलाई होटल परिसरमै रहेको सिवरेज ट्रिटमेन्ट (एसटि) प्लान्ट मार्फत ३३ हजार लिटर क्षमताको ट्यांकमा प्रशोधन गर्ने गरेको छ । प्रशोधित पानी होटलकै स्वामित्वमा रहेको जग्गामा अर्गानिक खेतीमा उपयोग हुँदै आएको छ l

होटलले उपलब्ध गराउने मेनुमा स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै आएको छ । हाल होटलमा प्रत्यक्षरुपमा रोजगारी पाएका ७३ जनामध्ये ९० प्रतिशतभन्दा बढी स्थानीय छन् l स्थानीयस्तरमै रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत सारथीले योगदान गरेको छ । सारथी समूहअन्तर्गत होटेल सारथी प्रा.लि., सारथी मार्ट प्रा.लि., सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सारथी वेलफेयर फाउण्डेशन, हिमालय इन्टरनेसनल एकेडेमी, धुलिखेल तालिम सेवा केन्द्र प्रा.लि., सारथी भेन्चर्स प्रा.लि., सारथी एडभेन्चर्स प्रा.लि र सारथी होलिडेज रहेका छन् ।

जिल्लाबाहिर उपस्थित जनाउँदै सारथी समूहको सारथी भेन्चर्स प्रा.लि. ले चितवनको सौराहास्थित बद्रेनी जङ्गल रिसोर्ट प्रा.लि. को ६५ प्रतिशत शेयर लिएको छ l रिसोर्टको सम्पूर्ण व्यवस्थापन होटेल सारथीले गरिरहेको छ l उक्त रिसोर्ट २०२५ जनवरीदेखि सारथी समूहले लिएको हो l

होटेल १९ रोपनी क्षेत्रफलमा फैलिएको छ l खाली रहेको जग्गा तथा भाडामा लिएको जग्गामा फार्म हाउस, रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ l भविष्यमा होटेलको सेवालाई विस्तार गर्दै साहसिक पर्यटनका विभिन्न गतिविधि जस्तै ट्रेकिङ, राफ्टिङ्ग, बञ्जी जम्पिङ्ग, प्याराग्लाइडिङ्ग, साइक्लिङ्ग, क्याम्पिङ्ग, स्कीइङ्ग, स्नो बोर्डिङ्ग, वेलुनिङ्ग, क्याकिङ्ग, जिपलाइन, जङ्गली जनावर (वाइल्डलाइफ) अवलोकन जस्ता सेवा सञ्चालन गर्ने तैयारी गरेको छ l

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...