Monday, September 7, 2026
spot_img

पर्यटन बोर्डले ल्यायो १ अर्ब ५९ करोडको बजेट, भारतमा स्थायी कार्यालय खोल्ने लक्ष्य

spot_img

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको हो ।

बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीका अनुसार चालु आर्थिक वर्षमा नेपालमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्यका साथ बजेट ल्याइएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा वृद्धि गर्ने र रोजगारीका अवसर सिर्जना गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि बोर्डले समयमै ल्याएको बजेट उपयोगी हुने बताए ।

यसैगरी नेपाल आसियन पर्यटन वर्ष २०२६ को प्रवर्द्धन गर्ने, गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने बजेटको लक्ष्य छ ।

यस आर्थिक वर्षमा कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तीमा २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्ने पनि बोर्डको लक्ष्य छ ।

बोर्डको सेवा विस्तारका लागि कूल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतीय पर्यटकको आगमन बढाउन दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । देशभित्र संघीय संरचना अनुसार प्रादेशिक कार्यालय स्थापना गर्ने पनि जनाइएको छ ।

बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि ४३ करोड ६१ लाख विजियोजन गरेको छ ।

जनसम्पर्क तथा प्रचारप्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि २ करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ ।

नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड ६६ लाख, विशेष प्रबद्र्धनात्मक कार्यक्रम बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ ।

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेशिया, थाइल्याण्ड, र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपालः लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलामा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।

बोर्डको सेवा विस्तारका लागि कूल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने जनाइएको छ ।

अन्तरराष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ । विशेषगरी प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

सिईओ जोशीले यसपाली बोर्डले ल्याएको बजेट नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप भएको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...