Monday, September 7, 2026
spot_img

पाँच महिनामा नेपाल भित्रिए पाँच लाख बढी विदेशी पर्यटक

spot_img
सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् ।
मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बङ्गलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट एक हजार ५१५ पर्यटक भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव छ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...