Monday, September 7, 2026
spot_img

लाइभ म्युजिक र गजलमा रमाउन पाइने यस्ता छन् मक्र्योर काठमाडौँका नयाँवर्ष विशेष प्याकेज

spot_img

काठमाडौँको सुकेधारास्थित होटल मक्र्योर काठमाडौँले नयाँवर्ष २०८२ को शुभकामनासहित विभिन्न सहुलियत प्याकेज सार्वजनिक गरेको छ । मक्र्योर काठमाडौँले नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षको दिन विभिन्न अफरसहितका प्याकेज ल्याएको हो ।

जस अनुसार, होटलमा हालै सञ्चालनमा आएको भारतीय रेष्टुरेन्ट जाकियामा १३ अप्रिल (चैन ३१ गते) मा जम्मा प्रतिव्यक्ति ४ हजार ९९९ रुपैयाँको प्याकेज छ । यसमा ‘फो–कोर्स सेट डिनर मेनु’, एक गिलास वाइन वा छनोटमा पेय पदार्थ लिन पाइने छ । साथमा गजलको सुन्दै आनन्द लिन सकिने छ । साँझ ६ः३० देखि राती १०ः३० सम्म सेवा लिन सकिने होटलले जनाएको छ ।

यस्तै, होटलमा सञ्चालित ‘शुक्रबार रेष्टुरेन्ट’मा चैत ३१ गते प्रति व्यक्ति १ हजार ९९९ रुपैयाँको प्याकेज छ । यसमा ‘डोर चार्ज’ र एउटा स्न्याक्स र एउटा ड्रिङ्स उपलब्ध हुनेछ । साँझ ७ बजेदेखि राती १० बजेसम्म यो सुविधा पाइनेछ । साथै, साँझ ६ बजेदेखि नै लाइभ म्युजिकको आनन्द लिन सकिने छ ।

यस्तै, होटलकै अर्को डायन रेष्टुरेन्टमा प्रतिव्यक्ति ३ हजार ४९९ रुपैयाँको अर्को प्याकेज छ । यसमा ‘लेभिस डिनर बुफे’, एक ग्लास वाइन वा छनोटमा पेय पदार्थ लिन पाइनेछ । यस प्याकेज अन्तर्गत अप्रिल १३ को साँझ ६ः३० देखि राती १०ः३० सम्म लाइभ म्युजिक र सांस्कृतिक प्रस्तुतिहरु पनि रहने छन् ।

डायन रेष्टुरेन्टमै प्रतिव्यक्ति १४ अप्रिल (नयाँवर्ष २०८१ को बैशाख १ गते) का दिन प्रतिव्यक्ति २ हजार ९९९ रुपैयाँको प्याकेज उपलब्ध रहेको छ । यस अन्तर्गत ‘लेभिस ब्रन्च बुफे’, एक ग्लास वाइन अथवा छनोट अनुसारको ड्रिङ्स पाइनेछ । साथै, बालबालिकाका लागि ‘फेस पेन्टिङ’को समेत अफर रहेको होटल मक्र्योर काठमाडौँले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...