Sunday, April 19, 2026
spot_img
spot_img

होटल मक्र्योरमा ‘जाकिया’ नामक भारतीय रेष्टुरेन्टको शुभारम्भ

spot_img
spot_img

काठमाडौँको सुकेधारस्थित होटल ‘मक्र्योर काठमाडौँ’मा भारतको विविध पाककलालाई सम्मान गर्दै ‘जाकिया’ (ZAIQA) नामक आधिकारिक भारतीय रेष्टुरेन्टको शुभारम्भ भएको छ । अभिनेत्री मनिषा कोइरालाले रिवन काटेर उक्त रेष्टुरेन्टको उद्घाटन गरेकी छिन् ।

जाकियाका कार्यकारी शेफ मुकेश सिंह र सहायक शेफ मोहम्मद अहमदको पाककलाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै भारतको परम्परागत स्वादलाई पस्किनेछ ।

मक्र्योर काठमाडौँका महाप्रबन्धक विजय नन्मारन एस.ले भने, ‘जाकिया केवल रेस्टुरेन्ट मात्र होइन, यो भारतको पाककला सम्पदासँग जोड्ने एक नयाँ ढोका हो, हामी काठमाडौँमा यो विशेष भोजन अनुभव प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । हाम्रो प्रतिभाशाली शेफ टिमले तयार पारेको मेनुले पाहुनाहरूलाई भारतको स्वादको अविस्मरणीय यात्रामा लैजानेछ ।’

जाकियाको मेनुमा भारतीय खानाको गहिराइ र विविधतालाई दर्शाउँदै विभिन्न प्रख्यात परिकारहरू समावेश छन् । विशेष परिकारहरू जस्तै मुर्ग शहजहानी, नल्ली निहारी र कसुन्दी झींगा अत्यन्तै रुचीकर र ध्यानपूर्वक तयार पारिएका छन् । यस रेस्टुरेन्टको वातावरण मात्रै नभई निजी भोजन कक्ष, निजी सेवकको सेवा र अन्तरक्रियात्मक शेफको टेबल जस्ता विशेष अनुभवहरू समेत समावेश गरिएका छन्, जसले कुनै पनि व्यक्तिगत वा पारिवारिक उत्सवलाई अविस्मरणीय बनाउनेछ ।

मक्र्योर काठमाडौँको १०औं तल्लामा अवस्थित जाकियाबाट काठमाडौँ उपत्यकाको अनुपम दृश्यावलोकन गर्न सकिनेछ, जसले हरेक भोजनलाई भव्यता र शान्तिको महसुस गराउनेछ । जाकिया काठमाडौंको भोजन संस्कृति भित्रको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको छ ।

मक्र्योर काठमाडौँ मनोरम वातावरण र उत्कृष्ट सेवाका लागि हालै मात्रै सञ्चालनमा आएको पाँचतारे होटल हो । फ्रान्सको चेन होटल ब्राण्ड मक्र्योरलाई नेपालमा युवा उद्यमी देशबन्धु बस्नेत (अजित)ले भित्र्याएका हुन् ।

हाल मक्र्योरका ६० भन्दा बढी देशमा १ हजार भन्दा बढी होटल सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट...

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम...

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी...
spot_img