काठमाडौँको सुकेधारास्थित पाँचतारे होटल मक्र्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सञ्चालनमा आएको छ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले होटल मक्र्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’को उद्घाटन गरेकी हुन् ।
उक्त रेस्टुरेन्टले इटालीयन खानाको स्वाद काठमाडौँ र नेपालीबासी सहित विदेशबाट नेपाल घुम्न आउने पर्यटक समक्ष पस्किएको होटलको भनाइ छ । रेस्टुरेन्टमा इटालियन पिज्जा, पास्ता सहितका परिकार र मिठाईको स्वाद लिन पाइनेछ ।
काठमाडौँ सुकेधारा हाइटमा अवस्थित यस होटलको गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । होटलका सञ्चालक देशबन्धु बस्नेतका अनुसार यस होटलमा सञ्चालनमा आएको नयाँ रेस्टुरेन्टले स्थानीय ग्राहक तथा अन्तर्राष्ट्रिय यात्रु आकर्षित गर्ने विश्वास लिइएको छ ।
मक्र्योर ब्रान्डले विश्वका ६० भन्दा बढी देशमा १ हजारभन्दा बढी होटलको व्यवस्थापन सम्हाल्दै आएको छ ।