Friday, July 17, 2026
spot_img

बाढीले क्षतिग्रस्त बनाएको क्वालिटी बिच रिसोर्ट सञ्चालनमा आयो, १० करोड खर्चेर पुननिर्माण

spot_img

असोज १०, ११ र १२ गतेको भिषण बाढीबाट क्षतिग्रस्त बनेको सिन्धुलीको मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे ४ महिनापछि सञ्चालनमा आएको छ । रिसोर्टका सञ्चालक राजेश श्रेष्ठका अनुसार शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको हो ।

सञ्चालक श्रेष्ठका अनुसार रेस्टुरेन्ट, कोठाहरु, रिसेप्सन र स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ । सोना पनि केही दिनमै सञ्चालनमा ल्याइने उनको भनाइ छ । जीम र स्पा पनि केही दिनमै सञ्चालनमा आउने र अबको १ महिनाभित्र रिसोर्ट पूर्ण रुपमा बाढी पूर्वकै अवस्थामा फर्किने श्रेष्ठ बताउँछन् ।

२०७८ चैत २ बाट सञ्चालनमा आएको यो रिसोर्ट बीपी राजमार्गको सौन्दर्यसमेत बनेको थियो । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट त्यतिबेला लगानीकर्ताहरुले करिब ४० करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याएका थिए । अहिले बाढीले क्षति गरेपछि सुरक्षा प्रबन्धसहित रिसोर्ट पुनःसञ्चालनमा ल्याइएको हो । यसका लागि हालसम्म ७ करोड खर्च भइसकेको छ भने अझै ३ करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

‘सेफ्टीको लागि सुनकोशी तिरबाट १० फिट बढी उचाइको छेकबार बनाउँदैछौँ, केही दिनमै यो पनि सकिन्छ’ श्रेष्ठले थपे, ‘डुबानमा परेर रिसोर्टभित्र थुप्रिएको बालुवा र माटो निकाल्नै समय लाग्यो ।’

यो पनिः
सिद्धार्थ प्रिमीयरमा बीमा रहेको ‘क्वालिटी बिच रिसोर्ट’मा बाढीको क्षति कति ?

क्वालिटी बिच रिसोर्ट बिपी राजमार्ग भएर यात्रा गर्ने आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै आएको रिसोर्ट हो । काठमाडौँबाट पूर्वी नेपालको यात्रामा निस्कनेहरु र घुमफिर गरेर फर्किनेहरु रिसोर्टमा बास बस्ने गर्दछन् । परिवारसहित एक दिने घुमफिरमा निस्कनेहरु पनि क्वालिटी बिच रिसोर्टमा पुगेर स्वीमिङ र र्याफ्टिङ गरेर फर्किने गर्दछन् ।

‘रिफ्रेशमेन्ट’देखि ठूला ठूला कम्पनीहरुले आफ्ना गोष्ठी तथा सेमिनारहरु पनि यो रिसोर्टमा गर्दै आएका छन् । स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकहरुसमेत यस रिसोर्टमा बसेर रमाउने गर्दछन् । बैशाखको बुकिङ अहिलेदेखि नै सुरु भइसकेको रिसोर्टका सञ्चालक श्रेष्ठ बताउँछन् ।

साथै, पर्यटकीय सिजनमा रामेछापको मन्थलीस्थित विमानस्थलबाट लुक्लाको हवाई उडान हुँदा काठमाडौँबाट गाडीमा गएका पर्यटकहरु पनि सोही रिसोर्टमा बसेर भोलीपल्ट उडान समय अनुकुल हुने गरि रामेछाप पुग्ने गर्दथे । यो रिसोर्टमा १ सय भन्दा बढी कोठाहरु छन् भने पार्टीका लागि भव्य बैंक्वेट हल र कार्यक्रम तथा गोष्ठीका लागि प्रशस्त क्षमताको सेमिनार हल पनि उपलब्ध छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img