Sunday, April 19, 2026
spot_img
spot_img

मुहार फेरेको ‘सुकेधारा’

spot_img
spot_img

काठमाडौँको ‘सुकेधारा’लाई चक्रपथ (रिङ–रोड)को ‘बस स्टप’का रुपमा मात्रै चिन्नेहरु धेरै छन् । सुकेधाराको प्राचीन सभ्यतालाई थाती राखेर लगानी, पूर्वाधार र व्यवसायिक गतिविधिका दृष्टिबाट यो क्षेत्रलाई हेर्ने हो भने खास पहिचान भेटिँदैन थियो । यसकारण आजभन्दा केही समय अगाडीसम्म सुकेधाराको पहिचान केवल चक्रपथ (रिङ–रोड)को एउटा ‘बस स्टप’का रुपमा मात्रै सिमित थियो ।

मानव वस्तीका लागि एउटा ‘प्राइम लोकेशन’ र काठमाडौँमा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु कोठा तथा घर भाडामा लिएर बस्नेहरुका लागि उपर्युक्त ठाउँ भएर पनि व्यवसायिक गतिविधिका दृष्टिकोणले सुकेधारा क्षेत्र तुलनात्मक रुपमा कमजोर नै थियो । ‘रिङ–रोड’भित्र भव्य तारे होटल र कयौँ सुविधासहितका व्यसायिक गतिविधि मौलाउँदा पनि सुकेधारा भने नाम जस्तै सुख्खा थियो । तर, अहिले सुकेधाराले आफ्नो पहिचान बदलेको मात्रै छैन, मुहार नै फेरेको छ भन्दा पनि अत्युक्ति हुँदैन होला ।

तारे होटलले गुल्जार बन्दै सुकेधारा

विगतमा गोपीकृष्ण चलचिल हलबाहेक यो क्षेत्र र आसपासमा ठूलो व्यवसायिक कारोबार हुने स्थल कम थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छोटो दूरी, विश्व सम्पदा सूचीकृति भगवान पशुपतिनाथको मन्दिरबाट पनि नजिकै र ऐतिहासिक एवम् पुरातात्विक महत्वको बुढानीलकण्ठ मन्दिर लगायतका धार्मिक गन्तव्यबाट समेत नजिकै रहेर पनि सुकेधाराले व्यवसायिक क्षेत्रको परिचय बनाउन भने २०८० को दशक कुर्नुपर्‍यो ।

अहिले तारे होटलहरुको बाक्लो उपस्थितिले सुकेधारा र आसपासको क्षेत्रलाई गुल्जार बनाएको छ । अझ यसमा पनि विदेशी चेन होटल ब्राण्डहरुको आगमनले सुनमा सुगन्ध थपिदिएको छ । उदाहरणका लागि ‘मक्र्योर काठमाडौँ’लाई लिन सकिन्छ । दि मेट्रोपोलिटन होटल प्रा.लि.ले बनाएको उक्त होटल सुकेधाराकै मुटुमा अवस्थित छ । होटल व्यवसायमा विश्व प्रशिद्ध ‘एकोर ग्रुप’ले व्यवस्थापन सम्हालेको यस होटलमा १०४ कोठा छन् ।

‘एकोर ग्रुप’लाई नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देशबन्धु बस्नेत (अजित)ले नेपाल भित्र्याएका हुन् । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका ११० देशका ५ हजार ४ सय बढी होटलहरुको व्यवस्थापन सम्हालिरहेको एकोर ग्रुपको व्यवस्थापनमा सञ्चालनमा आएको ‘मक्र्योर काठमाडौँ’ले नेपाल आउने पर्यटकहरुलाई विश्वस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्न थालिसकेको छ ।

विश्वकै सबैभन्दा प्रतिष्ठित मिड–स्केल ब्राण्ड मानिने मक्र्योरको आगमनले सिङ्गो नेपालको संस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्वलाई विश्वसामु पुर्‍याउन मद्दत पुग्ने आशा गर्न सकिन्छ ।

यसैगरि, सुकेधारा नजिकै पर्ने धुम्बाराहीमा पनि सुविधासम्पन्न होटल अकामा ‘रमडा बाइ वन्डिम’ विश्व विख्यात ब्राण्ड ‘रमडा’बाट सञ्चालनमा आएको छ । सानिमा ग्रुपबाट प्रवद्र्धित अकामा होटल ‘रमडा बाइ वन्डिम’ पनि पाँचतारे होटल नै हो । अमेरिक चेन होटल ब्राण्ड ‘रमडा बाइ वन्डिम’को नामबाट सञ्चालनमा आएको सो होटल ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । १०८ कोठामा २ सय बेड रहेको होटलमा ५ वटा हल र ३ वटा रेष्टुरेष्ट छन् ।

विदेशी चेनमार्फत नेपालीपनको आतिथ्यता दिलाउने अभियानमा ‘लर्डस्’ होटल पनि सोही क्षेत्रमा आउँदैछ ।

गोपीकृष्णको पुर्नजीवन: जिकेसीसी

सुकेधाराबाट नजिकै गोपीकृष्ण चलचिल हल भत्काएर अहिले बिजनेश कम्प्लेक्ससहित होटल बनाउने काम अघि बढेको छ । उक्त हलका सञ्चालक उद्धव पौडेलले त्यहाँ पाँचतारे होटलसहित ‘गोपीकृष्ण कम्प्लेक्स सेन्टर’ (जिकेसीसी) बनाउँदैछन् ।

१० रोपनी जमिनमा बन्ने कम्प्लेक्समा २ तल्ला पार्किङसहित १८ तल्लाको भवन बनाउने बताइएको छ । जहाँ पाँचतारे होटलसहित सपिङ मल पनि सञ्चालनमा आउनेछ । यसले पनि सुकेधारा, कपन, चावहिलसहित धुम्बाराही र चक्रपथ क्षेत्रमा थप व्यवसायिक गतिविधि बढाउने देखिन्छ ।

महाराजगन्जमा होटल तथा अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

कर्मा ग्रुप पनि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ । गुड कर्मा ग्रुप अफ कम्पनीले महाराजगन्जमा मेरियटको नयाँ फ्रेन्चाइज ‘ले मेरिडियन’ फाइभ स्टार होटल र अपार्टमेन्ट बनाउँदैछ । कर्मा ग्रुपले होटलसँगै लक्जरी अपार्टमेन्ट बनाउन लागेको हो ।

महाराजगन्जस्थित काठमाडौँ भ्याली स्कुलको ११ रोपनी १ आना जग्गामा कर्मा ग्रुपले होटल र अपार्टमेन्ट बनाउन लागेको हो । ले मेरिडियन होटलमा १७० कोठा हुनेछन् भने आडैमा ८२ युनिटको लक्जरी अपार्टमेन्ट बन्ने कम्पनीले जनाएको छ ।

यसबाट कयौँवर्ष नाम जस्तै सुख्खा भएर बिताएको सुकेधारा अब भने होटलसहित अपार्टमेन्ट र बिजेनश कम्प्लेक्ससहितको व्यवसायिक ‘हब’ बन्दै गएको प्रष्ट हुन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...
spot_img