Thursday, June 4, 2026
spot_img

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

spot_img
spot_img

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा सबै प्रक्रिया पूरा गरेर आयात र जाँचपास गरिएका गाडीहरु नियन्त्रणमा लिइएको भन्दै दुःख व्यक्त गरेको छ ।

ग्राहकले बुकिङ गरेका आधारमा र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न प्रक्रिया अनुरुप आयात गरिएका गाडीहरु जाँचपास पश्चात नियन्त्रणमा लिइएको भन्दै साइमेक्सले बजेट आउनु अगाडि सूचना लिएर गाडी झिकाएको भन्ने आरोपमा सत्यता नरहेको जनाएको छ ।

अनाधिकृत भन्सार व्यवस्थाबाट साइमेक्स इंकले लाभ नलिएको र त्यस्तो व्यवस्थाका लागि कतै र कसैसँग अनुरोध नगरेको पनि साइमेक्सले विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीको प्रतिष्ठा र ब्राण्ड प्रतिको विश्वास कमजोर बनाउन यस्ता आरोप लगाइएको भन्दै कम्पनीले असन्तुष्टि समेत जनाएको छ ।

सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू, आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले अझै २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको र भन्सार जाँचपास प्रक्रिया सम्पन्न हुन बाँकी रहेको पनि स्पष्ट पारेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...

भारतको केरला प्रवेश गर्यो मनसुन, नेपाल कहिले आईपुग्छ ?

दक्षिण-पश्चिम मनसुन भारतको केरला प्रवेश गरेको छ । भारतीय...
spot_img