Thursday, June 4, 2026
spot_img

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

spot_img
spot_img

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु नियन्त्रणमा लिएको छ । तर, भन्सार विभाग वा सम्बन्धित भन्सार कार्यालयको जानकारी बिना र भन्सार प्रशासनसँग समन्वय नै नगरी गाडी नियन्त्रणमा लिएपछि अहिले सशस्त्र प्रहरीलाई आपत आइलागेको छ ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार विभिन्न ब्राण्डका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको भएपनि अहिले ‘अब के गर्ने ? कहाँ बुझाउने ?’ भन्नेमा सशस्त्रले निर्णय गर्न सकेको छैन ।

‘अब ति गाडीहरु भन्सार विभागलाई बुझाउनु हुन्छ कि ? के गर्नुहुन्छ ?’ भन्ने बिजनेश पानाको जिज्ञासामा उनले भने, ‘जहाँबाट नियन्त्रणमा लिइएका हुन्, त्यतैतिर होल्ड गरिएका छन् । ठाउँ ठाउँमा होल्ड छन् गाडीहरु, भन्सारलाई बुझाउन पनि सम्भव छैन’ उनले भने, ‘अर्थ मन्त्रालयले अनुसन्धान गर्दैछ भन्ने सुनेका छौँ, उसले जे भन्छ, त्यहीँ गर्छौँ ।’

यता भन्सार विभागले भने सशस्त्रले गाडी नियन्त्रणमा लिएको बारे कुनै औपचारिक जानकारी नरहेको तर, समाचारमार्फत थाहा पाएको बताएको छ । सशस्त्रले पनि भन्सार प्रशासनसँग समन्वय नभएको संकेत गरेको छ । सशस्त्रका नायब महानिरीक्षकले नै यसको संकेत गरेका हुन् ।

भन्सार जाँचपास भइसकेका गाडीहरु नियन्त्रणमा लिएर सशस्त्रले नै होल्ड गर्नुपर्ने अवस्था आउनुले समन्वय नरहेको प्रष्ट भएको छ । भन्सार पास भइसकेको अवस्थामा सम्बन्धित वस्तु भन्दा पनि कागजात नियन्त्रण गर्नुपर्ने र त्यसका लागि पनि भन्सार विभागले शंकास्पद भनेपछि मात्रै प्रक्रिया अघि बढ्नुपर्नेमा सशस्त्रले कसको निर्देशनमा गाडी नै नियन्त्रणमा लिएको हो भन्ने खुलेको छैन ।

भन्सार जाँचपास भइसकेका वस्तुको सम्बन्धमा अनुसन्धान गर्ने निकाय भन्सार जाँचपास परीक्षण कार्यालय हो । भन्सार विभागले लिखित रुपमा शंकास्पद कारोबारको विवरण दिएपछि मात्रै यो कार्यालयले अनुसन्धान अघि बढाउने हो । अहिले सशस्त्रले नियन्त्रणमा लिएका ईभीका सम्बन्धमा भन्सार जाँचपास परीक्षण कार्यालय पनि अनविज्ञ देखिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...

भारतको केरला प्रवेश गर्यो मनसुन, नेपाल कहिले आईपुग्छ ?

दक्षिण-पश्चिम मनसुन भारतको केरला प्रवेश गरेको छ । भारतीय...
spot_img